राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा आइपुगेका छन्। उनी भर्खरै मात्र झापा आइपुगेका हुन् । रास्वपाका कार्यकर्ताले उनलाई दमकस्थित गोरखा डिपार्टमेन्टअगाडि स्वागत गरे । अहिले उनी भिड छिचोल्दै उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय गइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई ११ बजे मनोनयनको समय दिइए पनि उनी केही ढिलो गरी झापा पुगेका हुन् । सोमबार साँझ नै उनी झापा आउने भनिए पनि जनकपुरको कार्यक्रम सकिन ढिलो भएको र शुभेच्छुकसँगको भेटघाटका कारण उनी राति मात्रै हिँडेका थिए । बालेनले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन् ।