अलैँची निर्यात ५८ प्रतिशत वृद्धि

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा नेपालको पूर्वी नाकाबाट सात अर्ब १९ करोड ९५ लाखबराबरको ३४ लाख ६१ हजार किलो अलैँची निर्यात भएको छ । गत आव ०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए ।

गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाखबराबरको अलैँची पूर्र्वीनाकाबाट निर्यात भएको थियो । चालू आवको ६ महिनामा ७६ करोडबराबरको चार लाख ३२ हजार केजी छुर्पी निर्यात भएको छ ।

गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजारबराबरको दुई लाख ६६ हजार दुई सय ४३ केजी छुर्पी निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । यो वर्ष भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा घटेको छ ।

See More On

सुझावित समाचार