जेन-जी आन्दोलनका घाइते प्रकाशलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका नारायण नगरपालिका–८, दैलेखका प्रकाशबहादुर बोहोराको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीमा बोहोराको नाम ‘खस आर्य’ क्लस्टरको चार नम्बरमा समेटिएको छ।

जेन-जी आन्दोलनका क्रममा भाइरल बनेको जुत्ता प्रकाशकै हो। २३ भदौमा प्रदर्शनको लागि नयाँ वानेश्वर पुगेका उनलाई प्रहरीको गोली लागेको थियो। प्रहरीको गोली लागेपछि प्रकाश सडकमा ढलेका थिए। उनलाई साथीहरूले उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याएका थिए।

बानेश्वरमा छुटेको रगत लतपतिएको प्रकाशको जुत्ताको फोटो जेन-जी आन्दोलनकै प्रतीक बनेको छ। हाल प्रकाशको राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलास्थित बेड नं ४५१ मा उपचार जारी छ। उनलाई घुँडामाथि गोली लागेको थियो।

सुझावित समाचार