इलेक्ट्रोनिक्स सिजी ब्रान्डले विश्वकपलक्षित उपहार योजनाअन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालन गरेको ‘सिजीको साथमा, वल्र्डकप टिकट हातमा : लेभल अप विथ सिजी’ यो रत्ननगर– १, चितवनका अरविन श्रेष्ठ विजयी बनेका छन् । आइसिसी ट्वान्टी–२० पुरुष विश्वकपलक्षित गरी ल्याइएको यस योजनामा सहभागी ग्राहकमध्ये साना घरायसी उपकरणतर्फबाट पहिलो चरणका निम्ति विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । विजेता श्रेष्ठले टाँडी गिफ्ट कर्नबार सिजीको ग्यास चुलो खरिद गरेका थिए ।
कम्पनीका अनुसार विजेता श्रेष्ठले पाँचदिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । उक्त प्याकेजमा काठमाडौं–मुम्बई दुईतर्फी हवाई यात्रा, तारे होटेलमा बसाइ, खानपिन तथा मुम्बई सहर अवलोकन समावेश छ । साथै, मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेल प्रत्यक्ष हेर्ने अवसरसमेत उपलब्ध हुनेछ । यो पहिलाले चरण मात्र भएको र योजना अझै पनि जारी छ ।
योजनामा सहभागी हुन इच्छुक ग्राहकले देशभर रहेका सिजी डिजिटलका सोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सिजी ब्रान्डका साना घरायसी उपकरण खरिद गरी तोकिएको प्रक्रियाअनुसार सन्देश पठाएर सहभागिता जनाउन सक्नेछन् ।