पार्टी फुटेको होइन, परिवर्तन भएको हो, यसलाई स्विकार्नुस् : सुजाता कोइराला

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेस फुटेको होइन, पार्टीमा परिवर्तन आएको बताएकी छिन्। शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेतृ कोइरालाले मुलुकमा धेरै परिवर्तन आइरहेको र हामी परिवर्तनसँग डराउन नहुने उल्लेख गरिन्। 

‘मलाई पार्टी फुटेकोजस्तो महसुस भएको छैन। नयाँ सभापति आउनुभएको छ। अलि छिटो आउनुभो, त्यति मात्र फरक हो।  नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु,’ उनले भनिन्। 

उनले  थापालाई नेपाली कांग्रेसलाई राम्रोसँग हाँक्न आग्रह गरिन् । बिपीको विचार र गिरिजाबाबुका संगठनलाई नर्बिर्सिएर अगाडि बढ्न आग्रह गरिन्। अहिले मुलुकले परिवर्तन चाहेको र त्यो परिवर्तनलाई हामीले स्विकार्नुपर्ने बताइन्।

‘पार्टीको कार्यालय, त्यही हो, चारतारे झन्डा त्यहीँ छ, रुख चिह्न त्यहीँ छ, मान्छे त्यही हो। पार्टी कहाँ फुटेको छ? अर्काे चुनाव आउँदै छ, अर्काे चुनावमा सहभागी हुनुहोस् र नेपाली कांग्रेसलाई फेरि सभापतिको चुनाव गरेर फेरि सभापति लिनुस्। पार्टी फुटेको छैन, नआत्तिनुस् खुसी भएर यसलाई स्विकार्नुस्।’

सुझावित समाचार