यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भयो । सुनको मूल्य पहिलो दिन आइतबार प्रतितोलाको दुई लाख ७० हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार, मंगलबार एकपछि अर्को उच्च मूल्य बनाउँदै बुधबार आइपुग्दा हालसम्मकै उच्च प्रतितोला ग्राम दुई लाख ७८ हजार कायम भयो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने उच्च मूल्यबाट केही घट्यो । समग्रमा शुक्रबार आइपुग्दा आइतबारको तुलनामा तोलामा ६ हजार ६ सय रुपैयाँ बढी हो ।
त्यस्तै, चाँदीको मूल्यले पनि यो साता ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार नै प्रतितोला ४,९९० कायम भएर उच्च मूल्य रहन पुगेकोमा सोमबार, मंगलबार निरन्तर बढ्दै बुधबार आइपुग्दा प्रतितोलाको ५,६५५ रुपैयाँ कायम भयो ।
बिहीबार उच्च मूल्यबाट घटेर कारोबार भएकोमा शुक्रबार बिहीबारको मूल्यमा केही बढेर प्रतितोला चाँदीको ५,६४५ रुपैयाँ कायम भएको छ । समग्रमा साताभर चाँदी तोलामा ६५५ रुपैयाँ बढी हो ।