कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबिचको सहकार्यलाई थप प्रगाढ बनाउन २ माघदेखि तीनदिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सुरु हुँदै छ ।
औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबिचको आपसी सहकार्य अभिवृद्धि गर्न उद्योग संगठन मोरङले व्यावसायिक मिसन सुरु गरेको हो ।
मिसनअन्तर्गत उदयपुर, खोटाङ र भोजपुरका स्थानीय उद्योग–व्यवसाय, लगानीका अवसरहरू र आपसी सहकार्यका विषयमा अन्तक्र्रिया हुने संगठनले जनाएको छ ।
व्यावसायिक मिसनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्यप्राप्तिमा टेवा पुर्याउने विश्वास लिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
कोशी प्रदेशले सञ्चालनमा ल्याएको कोशी पर्यटन वर्ष २०८२ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवद्र्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप मजबुत बनाउन पनि मिसनले सहयोग पुर्याउने उनले बताए ।