त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले भुक्तानी नगरेको भन्दै बिहीबारदेखि बोर्डले बिमा कार्यक्रम रोकेको हो । बोर्डले लामो समयदेखि अस्पतालले गरेको भुक्तानी दाबीको आधा रकम अस्वीकार गर्दै आइरहेको छ ।
सोही कारण बिमा कार्यक्रम रोकिएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए । उनका अनुसार हाल बिमा बोर्डले ०७७ देखिको करिब ५० करोड रकम भुक्तानी गर्न बाँकी छ ।
‘भुक्तानी नभएपछि बिमा रोकेका छौँ, जहिले दाबी गरेअनुसारको भुक्तानी हुन्छ, त्यतिवेलादेखि मात्रै बिचमा कार्यक्रम फेरि सञ्चालन हुन्छ,’ उनले भने, ‘हरेक महिना पठाएको मागदाबी फाराम बोर्डले रिजेक्ट गर्न मिल्दैन, किनभने हामीले क्लेम गरेका पत्रहरू सबै आधिकारिक छन् । उनका अनुसार अस्पतालले पाउन बाँकी ५० करोडमध्ये ३५ करोड स्वास्थ्य बिमा र १५ करोड विपन्न नागरिक उपचारतर्फको हो ।