कारबाहीपछि गगनको प्रश्न– कांग्रेस तपाईंहरूको प्राइभेट कम्पनी हो ?

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण
कारबाहीपछि गगनको प्रश्न– कांग्रेस तपाईंहरूको प्राइभेट कम्पनी हो ?

तस्बिर : संजित परियार/नयाँ पत्रिका

निष्कासनमा परेका महामन्त्री गगन थापाले नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताएका छन्।

संस्थापन पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले प्रश्न गरे, ‘तपाईंहरूको प्राइभेट कम्पनी हो निकाल्नलाई ?’

विशेष महाधिवेशनलाई २,४८८ जना प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्दै थापाले भने, ‘नाै कक्षामा थिएँ नेपाली कांग्रेसको झन्डा बोकेर हिँड्दै गर्दा। ०४६ सालको आन्दोलनमा हिँडेको हुँ, ०६२ सालको आन्दोलन त हाँकेको पनि हुँ। २,४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ ?’
 

सुझावित समाचार