सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनायो

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार एक सय रुपैयाँले वृद्धि भई दुई लाख ७४ हजार सात सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन तोलाको दुई लाख ७० हजार ६ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने चाँदीको मूल्य तोलामा चार हजार ९९० रुपैयाँ थियो।

सुझावित समाचार