बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार घटेको मूल्यपछि छापावाल सुनको मूल्य बिहीबार तोलामा दुई लाख ६५ हजार सात सय रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार सात सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदीको मूल्य एक सय रुपैयाँले घटेको हो।
बुधबार चार हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा चार हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।