चुनावी सरकारमा तीनवटा मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले आज राजीनामा दिने भएका छन्। बेलुका ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामाबारे जानकारी दिन लागेका हुन्।
राजनीतिमा सक्रिय हुनका लागि उनले राजीनामा दिन लागेका हुन्। उनकै पहलमा स्थापना भएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणका लागि सहमति गरिसकेको छ। घिसिङ सो पार्टीको उपसभापति बन्ने तय भएको छ।
राजनीतिक गतिविधिमा लागेर पनि चुनावी सरकारमा बसेको भनेर प्रश्न उठेपछि उनले राजीनामा दिन लागेका हुन्।