सिटिजन्स सन्तुलित योजनामा मागभन्दा बढी आवेदन

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सिटिजन्स म्युचुअल फन्डअन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’को इकाइ खरिदका लागि मागभन्दा बढी आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवद्र्धनमा सञ्चालन यस योजनाले ४ देखि १८ पुससम्म इकाइ निष्कासन गरेको थियो । 

योजनाका अनुसार एक अर्ब आकारको उक्त योजनामा एक अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन प्राप्त भएको छ । यो रकम योजनाले माग गरेको पुँजीभन्दा करिब २५ प्रतिशत बढी हो ।

यससँगै सिटिजन्स सन्तुलित योजना सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालन गरिएका म्युचुअल फन्डमध्ये अधिक आवेदन प्राप्त गर्ने योजनाको सूचीमा पर्न सफल भएको छ । लगानीकर्ताको उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पुँजी बजारमा एक दक्ष, व्यावसायिक र विश्वासिलो संस्थाका रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ । सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो । 

सुझावित समाचार