माघ ६ पछि विशेष महाधिवेशन आह्वान गर्न शेखर कोइरालाको प्रस्ताव

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने निर्णय केन्द्रीय समितिले स्वयं गर्नुपर्ने बताएका छन्।

उनले आफ्नो सचिवालयमा भेट्न आएका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको छलफलमा भने, ‘राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार टुंगिएपछि माघ ६ पछि विशेष महाधिवेशन बोलाउनु उचित हुन्छ। यसले एकताको सन्देश पनि दिन्छ।’

उनले विशेष महाधिवेशन सबै पक्षको मनोभावना सम्बोधन गर्ने गरी केन्द्रीय समितिले डाक्दा सबैको मान्यता प्राप्त हुनेछ र आफू त्यसका लागि तयार रहेको बताए।

फरक प्रसंगमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्नुपर्ने धारणा राखे। उनका अनुसार, गठबन्धनले प्रत्यक्ष निर्वाचनमा केही सिट बढाउन सक्छ, तर समानुपातिक मत घट्ने सम्भावना छ, जसले पार्टीलाई दीर्घकालीन असर पार्न सक्छ। डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जाने स्पष्ट संकेत पनि दिए।

सुझावित समाचार