सुनचाँदीको मूल्य बढ्यो

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १९५ रुपैयाँले बढेर आज चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी चार हजार ६८५ रुपैयाँमा कायम भएको थियो । 
 

सुझावित समाचार