सन् १८०४ : १३ वर्ष लामो संघर्षपछि अन्तत: हैटी स्वतन्त्र भयो । स्थापना हुँदा यो दक्षिण अमेरिकाको दोस्रो स्वतन्त्र मुलुक, अश्वेत नेतृत्वको पहिलो गणतन्त्र र दास विद्रोहबाट गठन भएको पहिलो देश थियो ।
सन् १७८१ : विश्वको पहिलो फलामे पुल इंग्ल्यान्डको कोलब्रुक डेलस्थित सेभर्न नदीमा सुचारु भयो ।
सन् १८०१ : आइरिस संसद्ले ‘किङडम अफ ग्रेट ब्रिटेन’मा जोडिने पक्षमा मतदान गर्यो ।
सन् १८०८ : अमेरिकी कंग्रेसद्वारा पारित दासदासीको आयातमा मात्र प्रतिबन्ध गर्ने कानुन कार्यान्वयनमा आयो ।
सन् १९०१ : अस्ट्रेलिया महादेशमा रहेका ६ ब्रिटिस उपनिवेशको संघीय एकाइ ‘कमनवेल्थ अफ अस्ट्रेलिया’ गठन गरियो । यसले आजको अस्ट्रेलिया देशको आकार दिएको थियो ।
सन् १९१२ : सन् यात सेनले चीनलाई गणतन्त्र घोषणा गरे ।
सन् १९१६ : क्यानडाको रोयल एलेक्जेन्डर हस्पिटलमा विश्वमा पहिलोपटक जमाएर राखिएको रगत प्रत्यारोपण गरियो ।
सन् १९४८ : बेलायतका सबै रेल प्रणाली राष्ट्रियकरण गरियो ।
सन् १९५९ : फिडेल क्यास्ट्रो नेतृत्वको क्रान्तिकारी फौजले क्युवामा सत्ता कब्जा गर्यो ।
सन् १९६५ : विश्वमै पहिलोपटक अमेरिकाले चुरोटको बट्टामा ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ अनिवार्य लेख्नुपर्ने व्यवस्था गर्यो ।
सन् १९८५ : इन्टरनेट डोमेन नाम राख्ने प्रणाली (जस्तो डट कम, डट जिओभीलगायत) स्थापना गरियो ।