नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरले उम्मेदवार सिफारिस गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा कञ्चनपुरका अनुसार क्षेत्र १ बाट विना मगर, लोकेन्द्रप्रसाद लम्साल, झत्तबहादुर अधिकारी, जीवनराज थापा, तिलक भट्ट, दीपक बिसी, मदनसेन बडायक, कृष्णराज गिरी, क्षेत्र २ बाट लालबहादुर खड्का, महेराज जोशी, जयराज पाण्डेय, हरिस ठकुल्ला (कमल क्षेत्री), माधवप्रसाद पन्त, दुर्गा जोशी (भट्ट), तोयराज जोशी र क्षेत्र ३ बाट मानबहादुर सुनार, हरकसिंह धामी, दीपकसिंह साउद, खेम भण्डारी, राजीव दमाईंलाई सिफारिस गरेको जनाएको छ । प्रत्यक्षअघि नेकपाले विभिन्न क्लस्टरबाट समानुपातिक उम्मेदवार सिफारिस गरेको थियो ।
आदिवासी जनजातिबाट देवीलाल चौधरी, वीरबहादुर बुढाथोकी, रामऔवतार राना, नन्दकुमार राना, महिलाबाट माया नेगी, निराशा चौधरी, हिरा भण्डारी, निरुदेवी कामी, दलितबाट प्रताप तिरुवा, पदम राना (वादी) सहित रूपबहादुर शाही, लक्ष्मण कुमाललाई सिफारिस गरेको थियो । नेकपाले अहिले जेन–जी युवा पुस्ता, महिला, सहिद परिवारदेखि विगतमा सांसद, मन्त्री भइसकेका सबैलाई समेटेर उम्मेदवार सिफारिस गरेको दाबी गरेको छ ।