तत्कालीन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूले २३ भदौको प्रदर्शन शान्तिपूर्ण हुने ब्रिफिङ गरेका बताएका छन्।
सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले प्रदर्शनको अघिल्लो दिन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रदर्शन शान्तिपूर्ण हुने ब्रिफिङ भएको बताएका हुन्।
‘२३ गतेको प्रदर्शनबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले सूचनाहरू बैठकमा दिनुभयो,’ लेखकले भने, ‘बैठकमा प्रदर्शन शान्तिपूर्ण हुने सबैतर्फबाट सूचना आए।’
बैठकमा आफूले कुनै पनि मानवीय क्षति नहुने गरी समन्वय गर्न निर्देशन दिएको पनि लेखकले पत्रकार सम्मेलनमा बताए।