उदयपुरको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कति मतदाता ?

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या दुई लाख नाघेको छ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार १ लाख २१ हजार ८६६ पुरुष र १ लाख १७ हजार ५८ महिला र अन्यमा २ जना गरी जम्मा दुई लाख ३८ हजार ९२६ मतदाता कायम भएको छ । उनले भने, ‘थपिएका अधिकांश नयाँ पुस्ताका हुन् ।’

२०७९ को आमनिर्वाचनमा उदयपुरमा दुई लाख २८ हजार ९४६ जना मतदाता थिए । त्यसको अनुपातमा दश हजार मतदाता थपिएका छन्। 

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा तीन नगरपालिका पर्दछन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९ कायम भएका छन् । यसैगरी बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार २ सय कायम भएका छन् । यसैगरी त्रियुगा नगरपालकिामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को कुल मतदाता पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ कायम भएको छ । यस प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ५२ वटा मतदान स्थल र १६० मतदान केन्द्र कायम गरिएको प्रमुख दाहालले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र– २ मा एक नगरपालिकासहित चार गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिकामा पुरुष, ११ हजार ९९ र महिला ९ हजार ७८० गरी कुल २० हजार ८७९, रौतामाई गाउँपालिकामा पुरुष ७ हजार ९६५ र महिला ७ हजार २८गरी  १४ हजार ९९३, लिम्चुङबुङ गाउँपालिकामा पुरुष ४ हजार ५६५ महिला ४ हजार १२४ गरी कुल  ८ हजार ६८९ कायम भएका छन् । यसैगरी कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ महिला १९ हजार ९०९ गरी कुल ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा ५ हजार २८८, महिला ४ हजार ८६७ गरी कुल १० हजार १५५ कायम भएका छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ पुरुष ५० हजार ४१४ महिला ५४ हजार ७०८ गरी कुल ९६ हजार १२२ कायम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा ५१ वटा मतदानस्थलमा ११५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

सुझावित समाचार