निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको छ। आयोगका अनुसार कोशीमा ४ हजार २७०, मधेशमा ४ हजार ४७१, बागमतीमा ४ हजार ३४१, गण्डकीमा २ हजार ३९६, लुम्बिनीमा ३ हजार ९९८, कर्णालीमा १ हजार ४३७ र सुदूरपश्चिममा २ हजार १९९ मतदान केन्द्र निर्धारण भएको छ।
आयोगले यसअघि १० हजार ९६७ मतदान स्थल निर्धारण गरिसकेको छ।
कोशीमा १ हजार ९०७, मधेशमा २ हजार १६०, बागमतीमा १ हजार ८१५, गण्डकीमा १ हजार २९७, लुम्बिनीमा १ हजार ६७१, कर्णालीमा ९४१, सुदूरपश्चिममा १ हजार १७६ मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए।