नेकपा नेता रमेश मल्लले भने– प्रकाश ज्वाला र टेकबहादुर बस्नेत अभिभावक बन्नुस्, चुनाव म लड्छुु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता रमेश मल्लले सल्यानबाट आगामी चुनावमा आफूले प्रतिस्पर्धा गर्न चाहेको उल्लेख गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मल्लले वर्तमान परिवेश, युवाको भावना र नेतृत्व निर्माणको आवश्यकतालाई ध्यानमा राखी नयाँ पुस्तालाई उम्मेदवार बनाउन दिएको अभिव्यक्ति र पहललाई सम्मान गर्दै आसन्न निर्वाचनको परीक्षामा आफू सहभागी हुने बताए ।

शुक्रबारै नेकपाले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र मल्लको नाम जिल्लाबाट सिफारिस गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले लेखेका छन्, ‘यो विषय केवल मेरो व्यक्तिगत आकांक्षा मात्र थिएन र होइन भन्ने कुरामा म अझ दृढ र विश्वस्त बनेको छु।’

ज्वाला र बस्नेतलाई अभिभावकको भूमिकामा रहँदै आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्नुहुनेछ भन्नेमा आफू  पूर्ण रूपमा आश्वस्त रहेको उनले बताए । ‘मेरा समादरणीय नेतृत्व कमरेड प्रकाश ज्वाला र टेकबहादुर बस्नेत अभिभावकको भूमिकामा रहँदै आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण रूपमा आश्वस्त छु। साथै, सम्पूर्ण सल्यानी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूबिच छिट्टै हुने निर्वाचनको परीक्षामा सहभागी हुने अवसर प्राप्त हुने आशामा म उत्साहित र आशावादी छु।’
 

सुझावित समाचार