एनएमबिले ल्यायो कर्जा ट्रयाकिङ सुविधा

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

एनएमबि बैंकले आफ्ना ग्राहकका लागि थप डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधा सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहक आवेदनको अवस्था बुझ्न बैंकको शाखासम्म धाइरहनुनपर्ने बैंकले जनाएको छ । 

कर्जाका लागि आवश्यक कागजात पेस गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी बैंकको वेबसाइटमा रहेको डिजिटल बैंकिङ अप्सनमा गएर आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भनी जानकारी लिन सक्नेछन् । यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार