मिलन लिम्बू रास्वपाको समानुपातिक सूचीमा

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बू समानुपातिक सूचीमा परेका छन् ।

रास्वपाले सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा उनको नाम परेको हो । उनी आदिवासी जनजाति क्लस्टरको सूचीमा परेका हुन् । अब उनी रास्वपाको प्राइमरी इलेक्सनमा सहभागी हुनेछन् । नेता लिम्बू ०८१ वैशाखमा इलाम– २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । पत्रकारितामा करिब दुई दशकको पृष्ठभूमि रहेका लिम्बू आदिवासी जनजाति आन्दोलनमा स्थापित नेता हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महासचिवसमेत भइसकेका छन् ।
कोशीबाट रास्वपाको समानुपातिक सूचीमा जनाले आवेदन दिएका छन्।  

सुझावित समाचार