कांग्रेस नेता कोइराला र सभापति देउवाबिच भेटघाट

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ। क्रियाशील सदस्यता वितरण समितिले नम्बरविनाका फारम जिल्ला–जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन्। 

भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बरविनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले विनानम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे। कोइरालाले ती विनानम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे।

अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आमनिर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । ०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।
 

सुझावित समाचार