२६ सय विन्दुबाट तल झर्‍याे नेप्से

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेप्से परिसूचक २६ सय विन्दुबाट तल झरेको छ। आइतबार नेप्से १२.५० अंकले घटेर दुई हजार ५९४.८७ विन्दुमा कायम भएको हो।

आज ३३० कम्पनीका एक करोड १२ लाख ७२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये बैंक र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले उकालो लाग्दा बाँकी सबै समूह घटेका छन्। घटेका समूहमा एक प्रतिशतभन्दा कमको गिरावट आएको हो।

बजार घटे पनि आज स्वस्तिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल नेपालको मूल्य ९.९८ प्रतिशतले वृद्धि हुँदा अपर साङ्जे हाइड्रोपावरका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन्।

सर्वाधिक गुमाउनेमा भने सिटी होटेलका लगानीकर्ता छन्। उक्त कम्पनी ६.२६ प्रतिशतले घट्दा श्रीनगर एग्रिटेक, लक्ष्मी लघुवित्त, आरम्भ चौतारी र श्वेत–गंगा हाइड्रोपावर चार प्रतिशतभन्दा धेरैले घटेका छन्।
 

सुझावित समाचार