परिसंघ र सामाजिक सुरक्षा कोषबिच समझदारी

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबिच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आबद्ध गराउन समझदारी गरेका हुन् । सहकार्यअन्तर्गत परिसंघले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्ने, देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक जानकारी उपलब्ध गराउने तथा श्रमिकको दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

सम्झौता कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महŒवपूर्ण भएको उल्लेख गरे । उद्योगीलाई कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यावहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्नमा यो सहकार्यले महŒवपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै, कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्यले सघाउने बताए । 

See More On

सुझावित समाचार