ओलीले आफूबाहेक अर्को व्यक्तिलाई अघि सारे सहमति हुन सक्छ : पोखरेल

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
ओलीले आफूबाहेक अर्को व्यक्तिलाई अघि सारे सहमति हुन सक्छ : पोखरेल

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर रहेको बताएका छन्।

बुधबार कार्की ब्यांकेटमा सम्पादकहरूसँगको अन्तर्क्रियामा पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूहरू लागिपरेको प्रस्ट पारे। उनले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ, सामूहिक निर्णय हुँदैन। त्यसका लागि पनि हाम्रो लडाइँ हो।’

महाधिवेशनमा तत्काल सहमतिको सम्भावना नदेखिएको पोखरेलले बताए। अध्यक्ष केपी ओलीले आफूबाहेकका अन्य व्यक्तिलाई अघि सारे सहमति हुन सक्ने उनको भनाइ छ।

‘तत्काल महाधिवेशनमा सहमतिको सम्भावना हुने देखिँदैन। अध्यक्षले आफूबाहेक अरू कुनै व्यक्तिलाई अघि सार्नुभयो भने चाहिँ सहमति हुन सक्छ। त्यसमा मेरो पनि कुनै विमति हुँदैन,’ पोखरेलले भने।

सुझावित समाचार