भिजन नहुनेले देशलाई कतै पुर्‍याउँदैन, ‘भिजनरी’ नेता चुनौँ : हर्क साम्पाङ

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण
भिजन नहुनेले देशलाई कतै पुर्‍याउँदैन, ‘भिजनरी’ नेता चुनौँ : हर्क साम्पाङ

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा भिजन भएका व्यक्तिलाई चुन्न आह्वान गरेका छन्।

पार्टी संगठन विस्तारका क्रममा सोमबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले अहिलेसम्म चुनिएका नेतामा कुनै भिजन नभएको ठोकुवा गरे।

‘अहिलेसम्म यो देशमा नेता हुन लायक कोही मान्छे मैले देखिनँ। किनभने उनीहरूसँग भिजन छैन । ऊ आफैँलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ ? कहीँ पनि पुर्याउँदैन,’ उनले भने।

अर्थतन्त्रलाई कसरी उठाउने भन्ने भिजन नभएकालाई अहिलेसम्म नेता चुनिएको उल्लेख गर्दै धरानका मेयरसमेत रहेका साम्पाङले भने, ‘हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भने विदेशी प्रभुलाई ढोग्ने, अलिकति अनुदान लिने, ऋण अलि धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने बरु । पुल नबनाउने, आफ्नो सम्पत्ति जोड्ने।’

सुझावित समाचार