चुली ढडमेला सामुदायिक वनका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईंसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्माविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

वन उपभोक्ता समूहका अध्यक्ष दमाईं र कोषाध्यक्ष धनसरी रानाले नक्कली भर्पाइ बनाएर वन हेरालु राखेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समूहका पदाधिकारीहरूले डढेलो नियन्त्रणका लागि मानिस खटाएको र वन हेरालु राखेको भन्दै नक्कली भर्पाइ बनाएर भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

लेखापरीक्षक भोजराज पाण्डेले बदनियतपूर्वक कारोबार नै नभएको शीर्षकमा खर्च देखाई गलत लेखापरीक्षण  प्रतिवेदन दिएको आरोपपत्रमा उल्लेख छ ।

अध्यक्ष दमाईं र कोषाध्यक्ष धनसरी रानाविरुद्ध नाै लाख ६५ हजार ८३७ रुपैयाँ र सचिव रामकुमारी रानाविरुद्ध आठ  लाख ४० हजार ८७३ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

सुझावित समाचार