नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले २३ र २४ भदौको जेन–जी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिएका छन्।
प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै बादलले जननिर्वाचित सरकारलाई अपदस्थ गरेकाले जेन–जी आन्दोलन प्रतिक्रान्ति भएको निष्कर्ष सुनाए।
उनले भने, ‘यो राजनीतिक परिघटना हेर्दा हामीले के देख्यौँ भने दुईतिहाइद्वारा निर्वाचित नागरिक सरकारलाई बलपूर्वक अपदस्थ गरियो।’
२३–२४ भदौको आन्दोलनलाई ०१७ साल र ०५९ सालको राजाको ‘कु’सँग तुलना गर्दै उनले भने, ‘०८२ सालसम्म आउँदा फेरि अर्को ‘कु’ भयो। ०७२ को संविधानअनुसार जुन नागरिक सरकार जनताले स्थापना गरेका थिए, त्यसलाई उल्ट्याइयो। त्यसकारण भदाै २३ र २४ गतेको राजनीतिक परिघटना तेस्रो प्रतिक्रान्ति हो।’