काठमाडौंको धोबीखोलामा साइकलसहित एक व्यक्तिको शव फेला परेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १ घर भई हाल शंखमूल बस्ने करिब ५० वर्षीय ललित गिरीको शव फेला परेको हो । बिहीबार बिहान करिब ७ बजेको समयमा उनको शव फेला परेको परिवारले जनाएका छन् ।
घटनास्थलमा प्रहरीको टोलीले शव जाँच गरी मुचुल्काको तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।