संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयन भएसँगै सशस्त्र प्रहरी बल नेपालले रोकिएका वृत्ति विकास अघि बढाएको छ ।सर्वेक्षण कार्यान्वयनपछि प्राविधिक समूहतर्फका १९२ जना आधारभूत तहका सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवा सिफारिस भएको छ ।
करिब १५–१६ वर्षसम्म एउटै दर्जामा रही कार्य गर्ने सबै प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका प्राविधिक सशस्त्र प्रहरी जवानहरूको बढुवा भएको हो ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भएपश्चात् हाल संगठनको रिक्त रहेको करिब २८ सयभन्दा धैरै विभिन्न पदमा वृत्ति विकासको सम्बोधन हुनेछ र संगठनले क्रमशः अन्य रिक्त पदहरूमा पनि बढुवा प्रक्रिया सुरु गरेको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी मनीष थापाले बताए ।
सशस्त्रको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार तीन डिआइजीको दरबन्दी थप गरिएको छ । कीर्तिपुरमा दंगा नियन्त्रण रेजिमेन्ट गण बनाउने निर्णय भएको छ । थपिएका दरबन्दीमा २३ जना डिएसपीलाई समेत सशस्त्रले खटाएको छ।