सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । १५ मंसिरमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो । दुवै कार्यक्रममा बैंककी मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले सामग्री हस्तान्तरण गरेकी हुन् ।
बैंकका अनुसार सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितलाई तीन सय ५० वटा ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा वितरण गरिएको छ ।
त्यस्तै, इलाम नगरपालिकाका प्रभावितलाई एक सय ७५ वटा ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको बताइएको छ । बैंकले देशभरका एक सय नौ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।