एनएमबि बैंकलाई एक्सिलेन्स कमर्सियल अवार्ड

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

एनएमबि बैंकले ‘एक्सिलेन्स कमर्सियल कार्डस् बिजनेस अवार्ड’ प्राप्त गरेको छ । बैंकलाई भिजा इन्टरनेसनलद्वारा हालै आयोजित लिडरसिप कन्क्लेभ नेपाल–२०२५ सम्मेलनमा सो अवार्ड प्राप्त भएको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको बताइएको छ । बैंकले हाल देशभर दुई सय दुईवटा शाखा, एक सय ८४ वटा एटिएम र नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार