प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको साधारण तथा समीक्षात्मक बैठक सुरु भएको छ । नीति तथा कार्यक्रम, २०८२ सम्बन्धी समीक्षा गर्न र केही नीतिगत व्यवस्थामा संशोधन तथा निर्णय गर्न बैठक बसेको हो ।
सभामा प्रधानमन्त्री तथा कुलपति प्रधानमन्त्री कार्की, सहकुलपति तथा सभाका उपाध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत सिनेट टिमको उपस्थिति रहेको छ । यस वर्षको नीति तथा कार्यक्रमको समीक्षा र त्रिविको नीतिगत संशोधनको विषय बैठकको कार्यावलीमा राखिएको छ ।