सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका लेखपोखराबाट लान्ती आउँदै गरेको रा.१त २४३८ नम्बरको ट्याक्टर छत्रेश्वरी गाउँपालिका– ५, कोलचौरमा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका– ६ का २५ वर्षीय देवेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पूर्ण केसीले जानकारी दिए। ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

सुझावित समाचार