जेन–जी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदियो : सन्तोष परियार

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी र देशभित्र विचारको बहस स्थापित गर्न नसक्दा आफू दुःखी भएको उल्लेख गरेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दै परियारले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको र नेपाली समाजको विशिष्ट बनावट चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा दुःख लागेको बताए ।

रास्वपाको सदस्य भएर नेपाली समाजको रूपान्तरणमा थोरै भए पनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिका सुरुवातकर्तालाई धन्यवाद दिए । भदौ २३ र २४ को जेन–जी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको उनको भनाइ छ । यथाअवस्थामा नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रस्ट भएको उल्लेख गर्दै आफूले पार्टी त्यागेको बताए । 

सुझावित समाचार