सुनको मूल्य तोलामा पाँच हजार नौ सयले बढ्यो

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर दुई लाख ५० हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । 

सुझावित समाचार