नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदाता नामावलीमा नाम दर्ता गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । बुधबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले नागरिकता बनाएका सम्पूर्ण नागरिकलाई नागरिकताको प्रमाणपत्रसहित निर्वाचन आयोगले तोकेको मितिभित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरे ।
जिल्ला निर्वाचन आयोगको कार्यालय वा तोकिएको स्थानमा गएर नामावली दर्ता गराउन सकिने उनले गरे । । लोकतन्त्रको अभ्यासमा निर्वाचन निर्णयाक कुरा भएकाले आउने निर्वाचनलाई पनि स्वच्छ, निष्पक्ष र धाँधलीसहित बनाउन सबैको सहयोग अनिवार्य हुने उनको भनाइ छ ।