नेपाल बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा २०% सम्म छुट

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लाटफर्म दराजबिच भुक्तानी सेवा सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई दराजमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

२५ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने उक्त सम्झौतापत्रमा बैंक निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र दराजका प्रोजेक्ट लिड–डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस ऋषभ थापाले हस्ताक्षर गरे । 

यससँगै बैंकका ग्राहकले दराजमार्फत अनलाइन सामान खरिद गरी डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् । 

साथै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा दुई हजारसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले उक्त कार्डमा बैंकको कुनै पनि शाखामार्फत ई–कमर्स सक्रिय गर्नुपर्नेछ । बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आवेदन दिनसमेत आग्रह गरेको छ । 

सुझावित समाचार