सभ्य, शिष्ट र सुसंस्कृत एमाले बनाउने योगेश भट्टराईकाे घोषणा

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले सभ्य, शिष्ट र सुसंस्कृत एमाले बनाउने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टी निर्माणका सम्बन्धमा मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध  हुन सम्पूर्ण एमालेजनलाई आग्रह गरे। 

सबैको सम्मान र आत्मग़ौरवयुक्त एमाले बनाउन सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित हुनुपर्ने बताए। 

यस्तो छ उनको स्टाटस
हामी चाहन्छौँ, हामी बनाउँछौँ 

  • सबैको सम्मान र आत्मग़ौरब युक्त एमाले 
  • सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले 
  • सभ्य, शिष्ट र सुसंस्कृति एमाले 
  • क्रान्तिकारी बिचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले 
  • विविधत बिचको एकतामा बिश्वास गर्ने एमाले 

पार्टी निर्माणका सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गर्नुभएका यिनै मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध होऔँ। ‘बादे बादे जायते तत्व बोध’। ’

सुझावित समाचार