इतिहासमा आज

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

सन् १९४९ : इन्डोनेसियाले नेदरल्यान्डबाट स्वतन्त्रता प्रदान गर्यो । इन्डोनेसिया लामो समयसम्म नेदरल्यान्डको उपनिवेश थियो ।

सन् १७८९ : फ्रान्सेली क्रान्तिपछि गठित क्रान्तिकारी विधायिकाले देशभरका चर्चको सम्पत्ति राष्ट्रियकरण गर्यो ।

सन् १८८६ : जर्मन प्याटेन्ट प्रदायक निकायले कार्ल बेन्चलाई ‘ग्यास इन्जिनले चल्ने वाहन’ अर्थात् पहिलो सवारीसाधन निर्माताको प्याटेन्ट आजकै दिन प्रदान गरेको थियो ।

सन् १८८९ : अमेरिकी संसद्ले साउथ डेकोटा र नर्थ डेकोटालाई क्रमश: ३९औँ र ४०औँ राज्य घोषित गर्यो ।

सन् १९१७ : तत्कालीन ब्रिटिस विदेशमन्त्री अर्थर बालफोरले देशका व्यापारी तथा यहुदी अभियन्ता वाल्टर रोथ्सचाइल्डलाई सम्बोधन गरेर एक विज्ञप्ति जारी गरे । बालफोर घोषणाको नामले चिनिने यस विज्ञप्तिमा जारी युद्ध (पहिलो विश्वयुद्ध)मा अटोमन साम्राज्यको कब्जामा रहेको प्यालेस्टाइन आफूहरूको हातमा आए यहुदीलाई राज्य निर्माणका लागि दिने प्रतिबद्धता थियो । यस विज्ञप्तिले इजरायल स्थापनाको अभियानलाई तीव्रता दिएको विश्वास गरिन्छ ।

सन् १९२० : अमेरिकामा पहिलो रेडियो प्रसारण पिटसबर्गबाट आजकै दिन भएको थियो ।

सन् १९६३ : दक्षिण भियतनामका राष्ट्रपति न्गो दिन्ह दियमको हत्या भयो । पश्चिम समर्थक क्याथोलिक सम्प्रदायका दियमको शासनमा भ्रष्टाचार बढेको र बहुसंख्यक बौद्धमार्गीमाथि दमन भएको भन्दै सेनाले कु गरेको थियो । 

सन् १९७६ : जिम्मी कार्टर अमेरिकाको ३९औँ राष्ट्रपतिका रूपमा विजयी भए ।

सुझावित समाचार