ब्राउनसुगरसहित दुईजना प्रहरी नियन्त्रणमा

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले नाै ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । छत्रेश्वरी गाउँपालिका– ६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका– २ का २८ वर्षीय संगीत परियारलाई ब्राउनसुगर र दुईवटा मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार छत्रेश्वरी गाउँपालिका– ६ लान्तिमा सवारीसाधन चेकजाँच गर्ने क्रममा वली र परियारको साथबाट लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम केसीले बताए । पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 यस्तै, प्रहरीले ४८ किलो रातो च्याउ बरामद गरेको छ। जाजरकोट सुर्खेत सडकखण्डअन्तर्गत सल्यान बनगाड कुपिन्डे नगरपालिका– १ सल्लीबजारबाट ४८ किलो अवैध रातो च्याउ बरामद गरिएको प्रहरी प्रमुख डा. केसीले बताए। जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको भे.१ज ३९३८ नम्बरको फोर्स गाडीमा चेकजाँच गर्ने क्रममा रातो च्याउ फेला परेको उनको भनाइ छ। चालक बर्दिया बारबर्दिया– ८ का ३२ वर्षीय शुक्रराज विकलाई गाडी र च्याउसहित बनगाड कुपिन्डे सबडिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ। 
  

सुझावित समाचार