कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दै छ । 

कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ । 

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुँदै छ ।

सुझावित समाचार