एक पैसा भ्रष्टाचार नगरेको भन्दै सम्पत्ति छानबिन गर्न ओलीको चुनौती

आइतबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण
एक पैसा भ्रष्टाचार नगरेको भन्दै सम्पत्ति छानबिन गर्न ओलीको चुनौती

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले एक पैसा भ्रष्टाचार नगरेको दाबी गर्दै छानबिन गर्न सम्पादकहरूलाई चुनौती दिएका छन्।

‘मसँग किन रिस उठेको हो मलाई थाहा छैन । मैले एक पैसा भ्रष्टाचार गरिनँ,’ आइतबार सम्पादकहरूसँगको कुराकानीका क्रममा ओलीले भने, तपाईंहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न हो। अरूको सक्नुहुन्न भने केपी ओली एउटाको गरिदिनुस्।’

आफूसँग जलेको घरको कणबाहेक अरू केही नभएको ओलीले बताए। उनले भने, ‘मेरो डढेको घरको खरानीको कणकण हिसाब गर्नुपर्नेछ कति कमायो भनेर । किनकि त्योबाहेक अरू चिज छैन मसँग।’

सुझावित समाचार