महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ (टिआइए)मा रहेको र्याडिसन एयरपोर्ट लाउन्जसँग छुट सम्झौता गरेको छ । बैंकले र्याडिसन होटेल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा टिआइएमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौताअनुसार यस बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त होटेलले र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटेलसमेत) २० प्रतिशत, पेस्ट्री खरिद र ट्यानक्विलिटी स्पा सेवामा १५–१५ प्रतिशत तथा र्याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुट हुने सम्झौता उल्लेख छ । 

सुझावित समाचार