कामना सेवा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको छ ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भए ।
उक्त साधारणसभाले चालू आवका लागि लेखा परीक्षक नियुक्ति पनि गरेको छ । साधारणसभामा सेयरधनीको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।