क्षतिग्रस्त बिपी राजमार्ग निरीक्षण गर्न पुगे मन्त्री घिसिङ

उपलब्ध स्रोत साधनले काम सुरु गर्न स्थानीय पालिकालाई निर्देशन

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त बिपी राजमार्गको निरीक्षण गरेका छन्। बिहीबार बिहान बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका– ६, चौकीडाँडा पुगेर रातदिन मेसिन चलाएर छिटोभन्दा छिटो सडक खुलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ‘मेसिन थपेर भए पनि छिटोभन्दा छिटो राजमार्ग खुलाउनुहोला,’ मन्त्री घिसिङले भने, ‘रातारात काम गरेर शुक्रबारसम्म यातायात सञ्चालन गर्नुहोला ।’

बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, चारसयबेँसी, नार्के, बोक्सेकुनालगायतमा डाइभर्सन भइरहेको छ । मन्त्री घिसिङले रोशीखोलाले बगाएको बिपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुल तत्काल बेलिब्रिज निर्माण गर्न निर्देशन दिएका छन् । उक्त पुल बगाएपछि रोशीको माथिल्लो भेगसँगै महाभारत गाउँपालिकामा यातायात ठप्प भएको छ ।

सुझावित समाचार