बाढी र डुबानका कारण झापामा १५ सय परिवार विस्थापित

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

अविरल वर्षापछिको बाढी र डुबानका कारण झापामा एक हजार पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन्। सुरक्षाकर्मीको अनुसार कतिपयको अझै उद्धार जारी छ। 

शनिबार रातिदेखि परेका अविरल वर्षापछि सबैभन्दा धेरै झापा गाउँपालिकाको १, २ र ७ वडामा मात्र एक हजार एक सय परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए। माइखोला बस्तीमा पस्दा ठुलो क्षति भएको हो । 

‘जिल्लाभर १५ सय परिवार विस्थापित भएका छन्,’ रेडक्रस सोसाइटी झापाका सभापति ढकाल भन्छन्, ‘अझै कति परिवार उद्धाको प्रयासमा छन्,’ उनी भन्छन्, ‘सेना र प्रहरीसँग मिलेर उद्धार प्रयास भइरहेको छ ।’ पछिल्लो ३० वर्षमा झापामा यति ठुलो विपत् आफूले नदेखेको उनको भनाइ छ।

झापा गाउँपालिकासहित गौरीगन्ज, मेचीनगर, भद्रपुरलगायत क्षेत्रमा पनि बाढी र डुबानका कारण स्थानीय विस्थापित भएका छन्। डुबानपछि कतिपय घरको छतमा गएर बसेका छन्। 

झापामा आइतबार दिउँसो पनि वर्षा भइरहेको छ। 

सुझावित समाचार