शिक्षामन्त्रीको अनुरोध– नदीछेउका बासिन्दालाई स्कुल–कलेजमा राख्नू

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नदीछेउछाउमा बसोबास गर्ने बासिन्दालाई स्कुल–कलेजमा राख्न अनुरोध गरेका छन् । अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले स्कुल–कलेजलाई मन्त्री पुनले अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

‘बागमती नदीवरिपरिका स्कुल–कलेजहरूलाई अनुरोध– बागमती नदीछेउछाउमा बसोबास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुन्जेलसम्म बस्न अस्थायी व्यवस्था गर्नुपर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराइदिन विनम्र अनुरोध छ । यसको लागि गृह मन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’

सुझावित समाचार